गृहमन्त्रीको स्वकीय सचिव भन्दै प्रहरीलाई प्रभावित पार्ने आदित्य सिंह पुनः पक्राउ

राजविराज । आफूलाई गृहमन्त्रीको स्वकीय सचिव तथा गृह मन्त्रालयसँग निकट व्यक्ति भएको भन्दै प्रहरीलाई प्रभावित पार्ने प्रयास गरेका सप्तरीको राजविराज नगरपालिका–२ का आदित्य सिंह पुनः पक्राउ परेका छन्।

काठमाडौं प्रहरी टोलीले उनलाई आइतबार (असार १४) कोटेश्वरबाट नियन्त्रणमा लिएको हो। लागुऔषध सेवन गरेर मातेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्यादसमेत थपिएको छ ।

यसअघि पनि उनलाई २०८१ पुस २३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनलाइन बेटिङ तथा ठगीमा संलग्न गिरोहमाथिको कारबाहीका क्रममा ललितपुरबाट पक्राउ गरेको थियो।अनुसन्धानबाट सिंहले आफूलाई गृहमन्त्री सुधन गुरुङनिकट व्यक्ति भन्दै उच्च प्रहरी अधिकारीहरूसँग पहुँच भएको दाबी गर्ने, फोनमार्फत निर्देशन दिने प्रयास गर्ने तथा प्रहरी अधिकारीहरूसँगका तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर प्रभावशाली व्यक्तिको छवि बनाउन खोज्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस