सप्तरीमा निषेधाज्ञा पूर्ण रूपमा हटाइयो

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको मूल्याङ्कनपछि जिल्ला सुरक्षा समितिको साउन १८ गते बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि दुवै नगरपालिका क्षेत्रमा लागू रहेको निषेधाज्ञा पूर्ण रूपमा समाप्त गरिएको प्रशासनले जनाएको छ।

यसअघि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै लागू गरिएको निषेधाज्ञा हटाइएसँगै राजविराज र बोदेबरसाइन क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात तथा अन्य दैनिक गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले सबै नागरिकलाई सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्दै कानुनको पूर्ण पालना गर्न तथा कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस