वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

जनकपुरधाम । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ। विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो।

महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए। साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो। घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८/०७९ मा ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ।

वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो। धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस