रौतहटमा भारतीय नम्वरको कार दुर्घटना, चार जनाको मृत्यु

रौतहट, २८ कार्तिक । रौतहटमा गएराति भारतीय नम्वरको कार दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक यू के १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना भएको हो ।

चन्द्रनगिाहपुरबाट गौरतर्फ जादैै गरेको सो कार राति सवा १० बजे अनियन्त्रित भएर सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको एसपी विनोद घिमिरेले बताए । पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको थियो ।

मृतकहरुको सनाखत हुन सकेको छैन । चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस