सुनसरीमा बम विष्फोट हुँदा दुई जना घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ नवजागृती टोलमा गए राती बम बिष्फोट हुँदा दुई जना घाइते भएका छन् । राति करिब १० बजे बम विष्फोट हुँदा सोही ठाउँका २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।

थापाको आँखामा चोट लागेकाले उपचारका लागि विराटनगर आँखा अस्पताल लगिएको छ भने गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको बताइएको छ ।

अरु कसैले पड्काएको भन्दा पनि उनीहरुले नै राखेको सुतली बम विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा हिमाल सुरक्षा परिषद् नेपालको पर्चा समेत भेटिएको प्रहरीले बताएको छ । विष्फोट र पर्चालाई जोडेर अनुसन्धान भईरहेको पनि प्रहरीको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस