राजविराजबाट सात जना जुवाडे पक्राउ

राजविराज । प्रहरीले सप्तरीको राजविराजबाट सात जना जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्वर ९ का ५२ वर्षीय विरेन्द्र प्रसाद यादव, ४० वर्षीय सन्तोष दास, ३१ बर्षीय विजय दास, रुपनी गाउँपालिका–५ का २७ वर्षीय सरोज कुमार शर्मा, ४० वर्षीय विद्यानन्द ठाकुर, राजविराज नगरपालिका–६ का ४२ वर्षीय नवल किशोर चौधरी, डाक्नेश्वरी नगरपालिका ७ का ४० वर्षीय सुर्य देव राय र वडा नम्वर ८ का ४३ वर्षीय रामलाल मुखिया रहेका छन् ।

उनीहरुलाई वडा नम्वर ९ गढिया टोलस्थित विरेन्द्रप्रसाद यादवको घरमा सोमवार जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने १६ थान कौडा, ३५ हजार नेपाली र ३३० रुपैयाँ भारतीय रुपैयाँ बरामद भएको छ ।

उनीहरुमाथि जुवा ऐन सम्बन्धि कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस