रुपनीमा जसपाका हरेरामको अग्रता

राजविराज, ३ जेठ । सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई पछि पार्दै जसपाले अग्रता लिएको हो ।

पछिल्लो मतपरिणामअनुसार लोसपाबाट अध्यक्षका उम्मेदवार दिनेशकुमार यादवलाई १० मतले पछि पार्दै जसपाका हरेराम यादवले अग्रता बनाएका हुन् ।

हरेरामले १६५ मतकासाथ अग्रता बनाएका हुन् भने दिनेशले १५५ मतका साथ पछ्याइरहेका छन् ।

सप्तरीको रुपनी गाउँपालिका अपडेटः

जसपा अध्यक्ष–हरेराम यादवः १६५
जसपा उपाध्यक्ष–बेचनीदेवी सरदारः १३८

लोसपा अध्यक्ष–दिनेशकुमार यादवः १५५
लोसपा उपाध्यक्ष–पुष्पा श्रेष्ठ लौगीः १०४

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780