राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

राजविराज, ४ जेठ । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार ओमप्रकाश मण्डल विजयी भएका हुुन् ।

मण्डलले ४ हजार १४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा जसपाकी उम्मेदवार रेणुदेव मण्डल निर्वाचित भएकी छिन् । उनले ३ हजार ८३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रेखाकुमारी यादवले ३ हजार ७०७ मत प्राप्त ल्याएकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस