जसपाबाट उम्मेदवार बन्न चाहिने मापदण्ड र योग्यता प्रस्ताव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड र योग्यता प्रस्ताव गरिएको छ ।

शुक्रवार राजनीतिक समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार बन्नका लागि दुई वटा मापदण्ड र सात योग्यता चाहिने प्रस्ताव गरेका हुन् । जसअनुसार मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सकृयता, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ भने र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्णय लिइने बताइएको छ ।

त्यस्तै, योग्यता सम्वन्धी मापदण्डमा पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्र्ने, पार्टीको समितिमा संगठित र सकृय रहेको, पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने रहेको छ ।

त्यस्तै, स्वच्छ सामाजिक छवी तथा नैतिकवान भएको, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्वन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको, सुशासनको प्रत्याभुत गर्नसक्ने जस्ता बुँदालाई योग्यता प्रस्ताव गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस