भगवान श्रीकृष्णले सबैलाई सत्य र निष्ठाको मार्गमा हिड्न प्रेरणा प्रदान गरुन् : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नु हुने सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार उनले शुभकामना संदेश जारी गर्दै सत्य र निष्ठाको मार्गमा अडिग भगवान श्रीकृष्णले सबैलाई सत्य र निष्ठाको मार्गमा हिड्न प्रेरणा प्रदान गरुन् भनि कामना गरेका हुन् ।

संदेशमा भनिएको छ, ‘हिन्दु धर्मावलम्बीहरुको महान चार्ड श्री कृष्ण जन्माष्टमीको सु–अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै सत्य र निष्ठाको मार्गमा अडिग भगवान श्रीकृष्णले सबैलाई सत्य र निष्ठाको मार्गमा हिड्न प्रेरणा प्रदान गरुन् भनि कामना गर्दछु ।’

Author:

क्याटोगरी छान्‍नुहोस