थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम। पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको नमूना परीक्षण गरिएको थियो ।

दुई हजार ८२ जनाको पीसीआर र २ हजार ८४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ४२१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस