गणित बिषय शिक्षाको सम्मेलन हुने

राजविराज । सुनसरीको कस्तुरी कलेज इटहरीमा गणित बिषयको मुल्यांकन तथा प्रश्नपत्र निर्माण सम्बन्धि सम्मेलन आयोजना हुने भएको छ । शुक्रबार हुन लागेको सम्मेलनमा परिवर्तित पाठयक्रम, मूल्यांकन र प्रश्नपत्र निर्माण लगायतका बिषयमा प्रशिक्षण दिने आयोजक प्रदेश समितिका सदस्य रामबहादुर चौधरीले जानकारी दिएका छन् ।

सम्मेलनमा गणित शिक्षा परिषद्, प्रदेश नम्वर १ कार्य समिति सदस्य जनक ढकालका अनुसार परिषदका केन्द्रिय अध्यक्ष समेत रहेका त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा.हिराबहादुर महर्जनको समेत उपस्थिति रहने छ ।

गणित शिक्षा परिषद्का केन्द्रिय उपाध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका गणित बिषयका लेखक रमेश कुमार अवस्थीले प्रशिक्षण दिने सो सम्मेलनमा प्रदेश १ का १४ वटा जिल्लाका गणित बिषयका शिक्षकहरुको उपस्थिति रहनेछन् भने प्रदेश १ को नयाँ कार्य समिति समेत सोही सम्मेलनबाट चयन गर्ने अध्यक्ष जिवन नेपालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस