बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी । देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू–भागमा गएराति देखि नै वर्षा भइरहेको छ ।

सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

आज दिउँसो मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज राति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस