गैसस मोरङका अध्यक्ष पक्राउ, बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप

विराटनगर । विराटनगरमा एक बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष पक्राउ परेका छन् ।

विराटनगर १२ निवासी ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई पटक पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । उजुरीको आधारमा उनलाई बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उजुरीअनुसार ढकालले पछिल्लो पटक भदौ १३ गते घरमा कोही नभएको मौका पारी अप्राकृतिक मैथुन गरेको दावी गरिएको छ । उनीमाथि म्याद थप गराई अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस