चुरे उत्थानशील क्षेत्रका वासिन्दालाई क्षमता अभिवृद्धि गर्न तालिम

राजविराज । सप्तरीको राजविराजमा विहिवार जलवायु परिवर्तन साझेदारी कार्यक्रम बिषयक तीन दिवसीय तालिम सुरु भएको छ । खाद्य तथा कृषि संगठनको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको समन्वयमा तालिम सुरु भएको हो ।

चुरे उत्थानशील क्षेत्रका आदिवासी जनजाति संस्थाहरुलाई सचेतना र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिममा संचालन गरेको आयोजक संस्थाकी लक्ष्मी गुरुङले जानकारी दिएकी छिन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधानले आदिवासी जनजातिहरुको बसोबास धेरै जसो जंगल छेउमा रहने गरेकोले प्रत्येक्ष असर आदिवासीहरुलाई परिरहेको बताए ।

सो तालिममा प्रशिक्षक धनमान गुरुङ, रेश्मी माझीले जलवायु परिवर्तनले हानी नोक्सानी ,न्युनिकरण, अनुकुलन, आदिवासीका सवालहरु लगायतका बिषयबस्तुबारे कार्यक्रममा जानकारी गराउने छन् ।
सो तालिममा विभिन्न आदिवासी जनजातिसँग आबद्ध रहेका संस्थाबाट २४ सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस