निवर्तमान मेयर शम्भु प्रदेशसभा सदस्यका लागि सिफारिस

राजविराज, २४ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादवलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको छ ।

यादव प्रत्यक्षतर्फ सप्तरी निर्वाचन क्षेत्र नम्वर २ (ख)बाट सिफारिस भएको लोसपाका क्षेत्रिय अधयक्ष महेन्द्र खंगले जानकारी दिए । सिफारिसमा परेका यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरमा निर्वाचित भएका थिए ।

त्यस्तै, सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि शैलेश कुमार चौधरी, डा. शरद सिंह यादव, बिनोद कुमार र राजकुमार लाल दासको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, २ (क)तर्फ प्रदेशसभा सदस्यका लागि बिनोद कुमार सिंह र सरोज कुमार मण्डलको नाम सिफारिस गरिएको क्षेत्रिय अधयक्ष खंगले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस