जनज्योति कृषि सहकारीको पूँजी २० करोड नाघ्यो

राजविराज, २४ भदौ । जनज्योति कृषि सहकारी संस्था लि. राजविराजको कुल पूँजी २० करोड रुपैयाँ नाघेको छ । संस्थाले ११ औं साधारणसभाको अवसरमा आयोजना गरेको समारोहमा सो प्रतिवेदन प्रस्तुत गरिएको हो ।

संस्थाका अध्यक्ष विश्वनाथ मण्डलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाको कुल पूँजी २० करोड ६८ लाख ४३ हजार १०९ रुपैयाँ पुगेको छ । २०७९ असार ३२ गतेसम्म १ हजार २६३ पुरुष र ६ ६२ महिला गरी कुल १ हजार ९५६ शेयर सदस्य आवद्ध रहेकोमा संस्थाको शेयर पुँजी २ करोड ६२ लाख ९९ हजार ४ सय रहेको छ ।

बचततर्फ ५ करोड ५२ लाख ४७ हजार ३ सय १७ रुँपैया र कर्जा लगानीतर्फ १५ करोड ८५ लाख ३७ हजार ३ सय ४० रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मण्डलले कोभिड–१९ को दोश्रो लहरको अवधिमा संस्थाले महामारीमा समेत सेवालाई निरन्तरता दिएको बताए ।

‘सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संघ संस्था एवं सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरिएको छ’ उनले भने ‘सोही अन्तरगत प्रदेश २ प्रहरी तालिम केन्द्र राजविराजमा शुद्ध खानेपानीको ट्याङ्की निर्माणको लागि आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सप्तरीलाई एक थान साउण्ड सिस्टम प्रदान गरियो ।’

त्यस्तै, शेयर सदस्य, शेयर पूँजी र बचत बृद्धि, व्यवसाय केन्द्रित पुँजी परिचालन र आपतकालिन ऋण व्यवस्था, शिक्षा तालिम र सूचना, जनशक्ति व्यवस्थापन प्रविधिको उच्चतम प्रयोग र भौतिक व्यवस्थापन, सदस्य सेवा, राहत, सम्मान पुरस्कार तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन व्यवसायी गुणस्तर विकास तथा प्रकाशन, बिनियम पुनर लेखन तथा कार्यविधि स्वीकृती लगायतका भावि योजना रहेको प्रतिवेदनमा समेटिएको छ ।

अध्यक्ष मण्डलको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका संचालक एवं कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यमा आयोजित समारोहमा समाजसेवि भिमराज यादव, मधेश प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ओमनारायण झा, रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादव लगायतको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस