सप्तरीका दर्जनबढी संघसंस्थाद्वारा सिडिओ गौतम सम्मानित

राजविराज । सप्तरीका दर्जनबढी संघसंस्थाले प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमलाई सम्मान गर्दै विदाइ गरेका छन् ।

जिल्ला समन्वय समिति, स्थानीय तह, रेडक्रस्, मारवाडी युवा मञ्च लगायतका संघसंस्थाले उनलाई सम्मान गर्दै विदाइ गरेको हो । जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्तका साथै अपराधिक गतिविधी नियन्त्रणमा तदारुकताकासाथ कार्य गरेको भन्दै सिडिओ गौतमलाई सम्मान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा पनि सर्वसाधारण्लाई सहजता ढंगले कार्य सम्पादन गराएको भन्दै सम्मानसहित विदाइ गरिएको बताइएको छ ।

यसअघि सप्तरीका सिडिओबाट जयनारायण आचार्यको सरुवा भएपछि २०७८ भदौ २३ गते नयाँ सिडिओका रुपमा गौतम आएका थिए । केही दिनअघि मात्रै उनको उदयपुर सरुवा भइसकेको छ भने नयाँ सिडिओका रुपमा नुरहरि खतिवडा आएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस