सर्लाहीमा सर्पदंशबाट महिलाको मृत्यु

जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका–११ बालुवाटारमा बिषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय भिम प्रसाद दहालको घरमा काम गर्ने क्रममा ३५ बर्षिया श्याम कुमारी महतोलाई गोमन सर्पले डसेको थियो । शुक्रबार अबेर सर्पले डसेसँगै उनलाई उपचारको लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्प दंश उपचार केन्द्र पुर्याईएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो ।  जनकपुरमा उपचारकै क्रममा उनको गए राति मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस