जितिया पर्वको शुभकामना आदानप्रदान

राजविराज । सप्तरीको राजविराजमा शुक्रवार महिलाहरुको महान पर्व जितिया पर्वको उपलक्ष्यमा ओटघन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ, सप्तरीकी उपाध्यक्ष अम्बिका दहालको अध्यक्षता तथा अवकास प्राप्त शिक्षिका मिना ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै ठाकुरले सन्तानको सुख, शान्ति र दिघायुको कामनाका लागि जितिया पर्व मनाउँदै आएको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, निवर्तमान उपप्रमुख साझना झा, अधिवक्ता पार्वती रायत, अखिल नेपाल महिला संघको अध्यक्ष ममता चौधरी, राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह, तराई आदिवासी तथा सिमान्तकृत सामुदायिक विकास तथा अनुसन्धान परिषद् अध्यक्ष रन्जान चौधरी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह लगायतकाले सबै जातजातिको महिलाहरु यो पर्व गर्ने भएकोले एकजुट भएर पर्व मनाउनमा जोड दिए ।

पत्रकार दिनानाथ यादवले सञ्चालन गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीकी सल्लाहकार प्रिया सिंह थारुले स्वागत गरेकी छिन् ।

सोही कार्यक्रममा हेल्प मधेश संस्था सप्तरीकी अध्यक्ष रिना झाले सेनेटरी प्याड समेत वितरण गरेकी थिइन ।

Author:



क्याटोगरी छान्‍नुहोस