जङ्गली हात्तीको आतंकले स्थानीय त्रसित

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ मा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । गए राति मानव बस्ती पसेका जङ्गली हात्तीले महतो टोलका शंकर महतो र प्रकाश महतोको घर भत्काएको हो ।

हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपातसहितका खाद्यान्न खाएर क्षति पुर्याएको शंकरले बताए ।

मानव बस्तीमै पसेर हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । समस्या समाधानका लागि पहल गरिदिन सम्बन्धित सरोकारबलामा स्थानीयहरुले आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस