अनाजका मधेश प्रदेश संयोजकमा राम नियुक्त

जनकपुरधाम, २५ भदौ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)का मधेश प्रदेश संयोजकमा मधेशलाइभ अनलाइनका सञ्चालक एवम् कार्यकारी सम्पादक विद्यानन्द राम नियुक्त भएका छन् ।

करिब एक दशकदेखि पत्रकारितामा सक्रियतासाथ लागेका रामलाई अनाजको विहिवार गरिएको निर्णय अनुसार संयोजकमा नियुक्त गरिएको हो । अनाजका अध्यक्ष किरण आचार्यद्वारा हस्ताक्षरित रामलाई प्रदान गरिएको नियुक्त पत्रमा संस्थाको उद्देश्य अनुरुप कृषि सञ्चार प्रवर्द्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

सप्तरीको बोदेबरसाईन नगरपालिका–३ निवासी राम नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र जनता टेलिभिजनका सम्वाददाता एवम् नेपाल पत्रकार महासंघ, सप्तरीका कार्यसमिति सदस्य समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस