सप्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई भारतमा मृत भेटिए

राजविराज, २० असोज । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहिवार दिउँसो भारतीय भूमिमा मृत भेटिएका छन् ।

सिमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा असई सत्यनारायण यादव मृत भेटिएका हुन् ।

सो स्थान नेपाल–भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको छ भने शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो ।’ उनले भने, ‘टाउकोमा चोट रहेको बताइए पनि पोष्टमार्टमबाटै मात्रै अन्य कुरा खुल्ने देखिन्छ र हामी भोलीबाट थप अनुसन्धान थाल्छौं ।’

उता, सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । ‘नेपाल प्रहरीको अनुसन्धानपछि अन्य कुराहरु आउँछ नै’ उनले भने, ‘तत्कालै केही भन्न सकिने अवस्था छैन् ।’

सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गते नै बिदा लिएर पुगेको र बिहिबार नै फर्किएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780