मधेश जनविद्रोहको बलमा सङ्घीयता आएको होः उपेन्द्र यादव

 

राजबिराज, ५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहको बलमा मधेशी महिला, दलित, जनजाती, मुस्लिम, अल्पसङ्ख्यक लगायतका जाती एवम् समुदायको आरक्षणको व्यवस्था र समावेशिता सुनिश्चित भएको दाबी गरेका छन् ।

सप्तरीको राजविराजमा ब्यापारी व्यवसायी, मदर्सामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई शनिवार सम्बोधन गर्दै उनले मधेशी जनता अझैं अधिकारबाट वञ्चित रहेकोले अझैं लडाई लड्न बाँकी रहेको बताएका हुन् । शोषित उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको बताउँदै अध्यक्ष यादवले भने ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस कम्युनिष्टले चाहेको थिएन, जनविद्रोहको बलमा मधेशी, महिला, दलित, जनजाती, मुस्लिम, अल्पसङ्ख्यक जाती एवम् समुदायको आरक्षणको सुनिश्चित भएको हो र सङ्घीयता आएको हो, थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ ।’

जनआन्दोलन पश्चात जारी भएको अन्तरिम संविधानमा मधेशी, आदिवासी, जनजाती, दलित, महिला, पिछडावर्ग, थारु लगायत विभेदमा पारिएका जाती एवम् समुदायको अधिकार सुनिश्चित नगरिएपछि आफुहरुले संविधान जलाएर क्रान्तिको विगुल फुक्ने पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नै भएको उनले चर्चा गरे । मधेश आन्दोलनकै कारण नेपालमा मधेशी समुदाय रहेको कुरा संसारले चिनेको बताउँदै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने ‘देशमा गणतन्त्र, संघीयता, समावेशिता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो, संघीयतालाई स्थापित गराउन अझैं बाँकी रहेकोले जसपा आफ्नो मुद्दाबाट रतिभर विचलित नभई संघर्ष जारी राखेको छ ।’

जनसंख्याको आधारमा मधेशीलाई भागिदारी चाहिएको बताउँदै जसपा अध्यक्ष यादवले मधेशमा मधेशीको, लिम्बुवानमा लिम्बुको, किराँतको भूमीमा किराँतीको, तमुवानमा तामाङ्गको र हिमालमा शेर्पाको अधिकार र केन्द्रमा सबैको साझेदारी स्थापित हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए । मधेशबाट गरिबी, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै उनले भने ‘त्यही सोचका साथ मैले रोल मोडेलको रुपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780