धनुषामा श्रोत नखुलेको साढे ३८ लाखसहित चौवे पक्राउ

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाबाट श्रोत नखुलेको साढे ३८ लाख रुपैयाँ सहित एक युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको भंगहा नगरपालिका–१ का २१ वर्षीय सुवम राज चौवे छन् । चौवे सवार रहेको मोटरसाइकल चेकजाँच गर्दा उनले बोकेको झोलाबाट सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपालतर्फ सो रकम ल्याउँदै गरेको पाएको विशेष सूचनाको आधारमा चौवेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौवेमाथि आवश्यक कारवाहीका लागि आइतवारै सो रकमसहित जनकपुर भन्सार कार्यालय पठाईएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस