डडेल्धुरामा प्रधानमन्त्री देउवाको शुरुवाती अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् ।

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेस ९विपी०का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस