प्रधानमन्त्री देउवाले दिए क्रिसमसको शुभकामना

जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न संस्कार र संस्कृतिले देशको राष्ट्रिय एकतामा बल पुग्ने भन्दै सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेका छन् ।

इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उनले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक पर्व मनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरे ।

क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780