भ्रष्टाचारविरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए। उनले संवैधानिक निकायको रूपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत् सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भीक ढंगले भ्रष्टाचार र अनियमितताविरूद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे।

Author:



क्याटोगरी छान्‍नुहोस