सप्तरीका सुरक्षा समितिद्वारा सीमा स्तम्भ निरीक्षण

राजविराज – सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितका सुरक्षा समितिको टोलीले विहिबार नेपाल–भारत सीमा स्तम्भको निरीक्षण गरेका छन् ।

राजगढ गाउँपालिका–६ बर्दाहीस्थित सीमा स्तम्भ नं.२३१ को स्थलगत निरीक्षण गरिएको हो । निरीक्षणकै क्रममा स्तम्भ आसपासका क्षेत्रमा जताजतै फोहोर छरिएको पाइएपछि शुक्रवार सो क्षेत्रको सरसफाइ तथा फोहोर व्यवस्थापन समेत गरिएको छ ।

प्रहरी चौकी झुटकी, बीओपी बनैनिया र भारतीय सीमा सुरक्षा बल आन्ध्रा मण्ठको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्तम्भ आसपासका क्षेत्रलाई सरसफाइ तथा फोहोर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यमा स्थानीयवासिन्दाले पनि सघाएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस