चिकित्सा शिक्षा: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने

काठमाडौं। चिकित्सा शिक्षा अन्तरगत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले  चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा  पास गरेको हुनुपर्ने भएको छ।

आयोगका सदस्यसचिव डा भोजराज शर्मा काफ्लेले एक सूचना जारी गर्दै नेपालबाट अन्य मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने  बताएका छन्।

साथै राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार प्रचलित कानून अनुसार चिकित्सा शिक्षा आयोगलाई मात्र भएकोले आयोगबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र अन्य सिफारिस पत्र लिन आयोगले आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस