काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् ।
मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्नेविषयमा प्रतिनिधि सभामा जवाफ दिँदै यस्तो बताएका हुन् । उहाले अर्थमन्त्री भएर अर्थ मन्त्रालयकोजिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाटकाम गरेको दाबी गरे । उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइपगर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए ।
श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए । उनलेमेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे। उनले इमान्दारिता कायम राखेकाले स्वास्र्थसमूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए ।