जनकपुरधाममा हुने भनिएको राष्ट्रपतिको अभिनन्दन स्थगन

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तथा अभिनन्दन स्थगन भएको छ ।

यही जेठ ३१ गते हुने भनिएको अभिनन्दन मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण स्थगन भएको हो ।

भ्रमणको व्यवस्थापनको जिम्मा लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अनुकुल मिलाएर राष्ट्रपति भ्रमण चाँडै गराउने जानकारी दिए ।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780