बजेट समाजवाद विमुख छ : अध्यक्ष उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका हुन् ।

उनले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवाद उन्मुख नभएको बताए । अध्यक्ष यादवले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए ।

बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए । उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षा बाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस