काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको रथप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै प्रमुख सचेतक लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकलेउचित निर्णय लिने बताए । उनले सांसद शर्माको पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरुले प्रतिक्रिया दिएको भन्दै यसघटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।