मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत प्याकेज घोषणा गर्नेछ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै जाजरकोट पुगेर भूकम्पपीडितको उद्धारमा आफैँ सहभागी भई त्यहीँबाट आज मन्त्रिपरिषद् बैठक राखेर राहतको प्याकेज घोषणा गर्ने बताएका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780