सरकारी कार्यालयमा सेयर कारोबार नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ ।

मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचलाउन निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालय समयमा सेयर कारोबार गरेर सेवा प्रवाहमा प्रभाव परेको भन्ने पत्र पठाएको भन्दै मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो ।

निर्देशनविपरीत कार्य गरे वा नगरेको भन्ने अनुगमन हुने पनि पत्रमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार