भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस