राजविराज–सप्तरीमा समाजवादी विद्यार्थी युनियन (सवियु) नेपालको संगठन निर्माण अभियानलाई तिव्रता दिइएको छ । पछिल्लो बुधवार पनि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित श्री लक्ष्मी बल्ल्भ नरसिंह बहुमुखी क्याम्पस बभनगामा कट्टिमा इकाई कमिटी गठन गरिएको छ ।
सवियु नेपाल सप्तरीका उपाध्यक्ष अनिल साहको अध्यक्षतामा आयोजित भेलाले नितेश झाको अध्यक्षतामा १५ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।
गठित कमिटीको उपाध्यक्षहरुमा सोनम मण्डल, उज्ज्वल खंग र जयप्रकाश खंग, सचिवमा सर्वेश यादव तथा कोषाध्यक्षमा रिंकु राउतलाई चयन गरिएको छ ।
त्यस्तै, कमिटीको सदस्यहरुमा बेबी यादव, पुजा यादव, अंसु पैकरा, मनिषा साह, अर्चना मण्डल, प्रिती माझी, लक्ष्मी अधिकारी, लक्ष्मी यादव र रुबिता इसर चयन गरिएको जनाएको छ ।
भेलामा सवियु नेपाल सप्तरीका संगठन विभाग प्रमुख श्यामकुमार यादव, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मविव क्याम्पसका कोषाध्यक्ष मेनुका साह, सदस्य विनय यादव लगायतको उपस्थित रहेको थियो ।
सवियुको माघ २५ गते सप्तरी जिल्ला र चैत्र ५ र ६ गते लुम्बिनी प्रदेशस्थित भैरहवामा केन्द्रिय अधिवेशन हुन लागेको जनाएको छ ।