भाइरल भिडियोबारे डा.बबी भन्छिन्–पेस्तोल होइन, खेलौना हो

राजविराज, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य डा. बबीसिंह यादवले हवाइफायर गर्दै नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विभिन्न फेसबुक पेज र व्यक्तिगत अकाउन्टहरूबाट तीव्र रूपमा फैलिएको उक्त भिडियोमा उनले एक पारिवारिक जमघटमा पेस्तोल पड्काउँदै नाचिरहेको पाइएको हो ।

उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक शेयर तथा आलोचना गर्ने क्रम तिब्र भएको छ । उनले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै धेरैले प्रश्न उठाएका छन् । उनीसँग रहेको पेस्तोल सक्कली हो कि खेलौनावाला पेस्तौल हो भनी यकिन गर्न नसकिएपनि समाजवादी नेता यादवले उक्त खण्डन गरेकी छिन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी उनी राष्ट्रिय सभा सदस्य तथा जसपा नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी छोरी हुन् ।
यस्तो छ नेता यादवको भनाइ
सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो नाच्ने भिडियोबारे स्पष्टीकरण दिएकी छिन् । उनले सार्वजनिक बयान जारी गर्दै भिडियोमा देखिएको ‘फायर’लाई एक खेलौनाले गरिएको कार्य भन्दै त्यसलाई अतिरञ्जित नगर्न आग्रह गरेकी छन् ।
डा. यादवका अनुसार भिडियो भारतको सीमावर्ती सहर सीतामढीमा रहेको आफ्ना मामाकी छोरीको वैवाहिक समारोहका क्रममा खिचिएको हो। निजी निवासको आँगनमा आफन्तजनबीच रमाइलो गर्ने क्रममा आफूले ’रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई सामान्य रूपमा लिन आग्रह गरेकी छन् ।
“परिवारका भाइबहिनीहरूको आग्रहमा मैले नृत्य गरेकी हुँ । त्यो पनि व्यक्तिगत र पारिवारिक जमघटमा,“ उनले स्पष्ट पारिन् । उनले थपिन्, “सो भिडियोलाई केही तथाकथित युट्युब पत्रकारले कुनै सन्दर्भ वा अनुमति बिना आफ्नै सामग्रीझैँ बनाउँदै सामाजिक सञ्जालमा राख्नु प्रेस आचारसंहिताको उल्लङ्घन हो, जसको म घोर भत्र्सना गर्दछु ।”
डा. यादवले महिलाहरू रमाइलो गर्दा समाजमा देखिने पितृसत्तात्मक सोचप्रति पनि आक्रोश व्यक्त गरेकी छन् । “वैवाहिक कार्यक्रममा रमाइलो गर्ने वा नृत्य गर्ने अधिकार के पुरुषहरूको मात्र हो ?“ भन्दै उनले सोचेजस्तो सामान्य रमाइलोलाई ’आकाश खसेजस्तो’ बनाउनु गलत भएको उल्लेख गरेकी छिन् ।
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780