
रोशन जनकपुरी
आज एक जना ठुला साहित्यकारसँग भेट्न गएकाे थिएँ । उनकाे सर्जनात्मकताकाे मपनि सम्मान गर्छु, तर रचनात्मक प्रवृत्ति र बाैद्धिकताकाे आलोचक हुँ । भेँटमा अरूहरू पनि थिए । उनले मलाई देखाएर अरूलाई भने, हुन त याे पनि माओवादी हाे । अनि अरूलाई देखाएर भने , यसकाे बुआको हत्या माओवादीले गरे । ती व्यक्तिले भने, हाेइन सर, मेराे बुआको हत्या माओवादीले हाेइन, उनकाे हत्या त ०३५ सालमा अरुहरुले गरेको हाे । तर उनलाई मार्नेहरू पछि माओवादी भए । ती ठुला साहित्यकारले भने, ए !
कुराे सामान्य हो । तर यसले ती साहित्यकारकाे मनाेविज्ञानमा माओवादी प्रतिकाे न राम्राे र उपेक्षा भाव अनायासै प्रकट भयाे । उनकाे अनुहारमा आफूले गलत आराेप लगाएकाे मा कुनै हीनताबाेध थिएन । यसताे निर्जीव बाैद्धिकता र मानवीयता राख्ने उनि मात्रै हाेइनन् । एउटा वर्ग नै छ ।
माओवादी जनयुद्धमा माओवादी क्रान्तकारीहरू र यस जनयुद्धकाे समर्थनमा नेपाली जनताले बगाएका रगत, शहादत, त्याग तपस्या र बलिदानकाे निर्णायक जगमा अहिलेकाे लाेकतान्त्रिक गणतन्त्र उभिएकाे छ । यद्यपि माओवादी जनयुद्धकारीहरूले देखेकाे शाेषित उत्पीडित वर्ग र जनसमुदायकाे राज्यकाे सपना अझै अधुरै छ । वर्तमान राज्यसत्ताकाे सबै कलपुर्जा ढीला छ । दलाल पूँजीपति तथा नाेकरशाह वर्ग समग्र सत्ताकाे मालिक जस्तै देखिएकाे छ । राज्यसत्ताकाे सबै अंग जानी नजानी यिनीहरूकाे एजेन्ट जस्ताे भएका छन् ।
यस व्यवस्थामा अनेक समस्याहरू छन् । तर पुरानाे राजतन्त्रात्मक व्यवस्था भने याे व्यवस्थाभन्दा कयाैँगुणा खराब थियाे । जनताले वर्तमान सत्ताका सञ्चालकहरूलाई दण्डित गर्नु पर्छ भन्नेमा पनि दुईमत छैन । तर यस लाेकतान्त्रिक गणतन्त्रबाट फर्कने हाेइन, अगाडी जाने हाे । नयाँ जनवादी राज्य व्यवस्थामा जाने हाे, समाजवादमा जाने हाे ।
तपाँई सर्जक हाे ? बाैद्धिक हाे ? अझ मानवतावादी सर्जक र बाैद्धिक हाे ? त्यसाे भए, त्यतिबेलाका शासनले आम जनतामाथी थाेपरिएका अमानवीय शाेषण, उत्पीडन र दमन तथा त्यसका विरूद्ध क्रान्तिकारीहरूले गरेका संघर्षहरू, त्याग तपस्या र बलिदानहरू, सहादतहरू, बगाएका रगतहरू कसरी बिर्सनसक्नु हुन्छ ? वर्तमान राजनीतिक परिवर्तनमा माओवादीहरू निर्णायक थिए, याे इतिहास सिद्ध भै सकेकाे छ । ती सबै जाे परिस्थितिले धकेलेर गणतन्त्र स्वीकार्न बाध्य भए, जतिबेला माओवादीहरू राजतन्त्रकाे विरूद्ध रगत बगाइ थिए, उनिहरू राजतन्त्रकाे बचाउमा नै उभिएका थिए । राजतन्त्रले लखेटेपछि मात्रै गणतन्त्रकाे निम्ति जनआन्दाेलनमा उत्रेका हुन् । तपाँईलाई सबै थाहा छ, तरपनि तपाँईलाई राजतन्त्रकाे बचाउ गरिरहेका मारिनेहरू मात्रै किन दुख्छ ? यस गणतन्त्रकाे निम्ति मारिनेहरू किन दुख्दैन ? निश्चय त्यो निर्मम वर्ग युद्ध थियो। तत्कालीन सत्ता ढाल्न खोज्ने माओवादीहरु र सत्ता बचाउन खोज्नेहरु एक आपसमा हिंसात्मक संघर्षमा थिए। तर यसमा एउटा नैतिक र अर्को अनैतिक पक्ष थियो भन्ने इतिहासले सिद्ध गरि सकेको छ । तर मानवीय मुक्तिको क्रममा यस्ता ऐतिहासिक बाध्यताहरु हुने गर्छन् ।
निश्चय याे वर्ग चेतना हाे, जसकाे अनुभूति तपाँई गर्न सक्नु हुन्न । यसमा शायद एउटा भयपनि हाेला, माओवादीले चाहेकाे साैन्दर्यबाेध सडकछाप मानवीय हाे । जाे दुख्याे भने चित्कार गर्छ र दुःख दिनेकाे विरूद्ध जाई लाग्छ । यसले तपाँईकाे तटस्थ मानवीय वर्गबाेधसँग घृणा गर्छ । तर जे हाेस माओवादीकाे सहादत र संघर्षकाे फल तपाँईल़े पनि भाेग गरिराख्नु भएकाे छ । तपाँईले माओवादीहरूकाे सहादत र संघर्षकाे उदात्त साैन्दर्यबाेध र सापेक्ष मानवीयताकाे दर्शन गर्न सक्नु पर्छ । हाेइन भने निरपेक्ष वा तटस्थ मानवीयता पाखण्ड मात्र हुनेछ, जाे नैतिक मृत्युमा तटस्थ रहन्छ, र अनैतिक मृत्युमा आँसू चुहाउँछ ।
मैले कयाैँ साहित्यकारकाे जीवनी पढेकाे छु, जस्ले आफ्नाे सम्पूर्ण जीवनकाे समीक्षा गरे, र अन्तिममा नैतिक पक्षमा उभिए । त्याे अफ्रिकन आर्क विसप डेस्मन्ड टुटु सम्झना हुनु पर्छ तपाँईलाई , जस्ले भने, जब म भन्छु याे भाेकाे हाे, यसलाई खाना देउ, अनि अरूले मलाई दयालु क्रिस्चियन भन्छन् , तर जब म साेध्छु, याे किन भाेकाे छ ? अनि अरूले मलाई कम्युनिस्ट भन्छन् । डेस्म्न्ड टुटुकाे याे आत्म समीक्षा नै थियाे । तपाँई बाट यस्ताे अपेक्षा गराैँ कि ? याे तपाँईकाे जिम्मा ।
शाही शासनकालमा माओवादी नेतालाई हिरासतमा सेनाले यातना दिँदै गरेको दृष्य । तस्विरः सोसाइटी नेपाल ।