काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
मङ्गलबार राष्ट्रपति समक्ष बुझाएको राजीनामा पत्रमा उनले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थिति समाधान गर्न संवैधानिक प्रक्रिया अघि बढाउन आफूले पद त्याग गरेको उल्लेख गरेका छन् । संविधानको धारा ७७(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले हालको राजनीतिक निकास र समस्यासमाधानका लागि संविधानको धारा ७७(१) अनुसार आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।
ओलीले राजीनामा पत्रमा राजनीतिक सहमति र संवादमार्फत समस्या समाधानको आवश्यकता औंल्याउँदै मुलुकलाई निकास दिन योगदान पु¥याउने प्रतिबद्धता पनि जनाएका छन् । जेनजी आन्दोलनका कारण देश सङ्कटपूर्ण अवस्थामा पुगेपछि उनी बाध्य भएर राजिनामा दिएका छन् ।