जनकपुरधाम, २४ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्लबार पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीको आजै बसेको बैठकले केपी शर्मा ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता र मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वमा रहेको सरकारका मुख्यमन्त्री सिंहलाई राजिनामा दिने निर्णय अनुसार नै सिंहले राजिनामा दिएका हुन् । मुख्यमन्त्री सिंहका प्रेस सल्लाकार अबधेश कुमार झाका अनुसार मधेश प्रदेशमा उनले “नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन” भन्ने अटल विश्वासका साथ जनताको अधिकार र भविष्यप्रति उत्तरदायी रहँदै पदत्याग गरेको बताएका छन् ।
उनले भनेका छन्, “जनताको अधिकार र जीवनको रक्षा नै सर्वोपरि हो । त्यसका लागि जिम्मेवारीपूर्वक यो निर्णय गरेको हुँ ।”
जेनजी समूहले मधेश भवनभित्र प्रवेश गरेर तोडफोड तथा आगजनी गरी क्षति पुर्याएका छन् ।