अविरल वर्षाका कारण सर्लाहीको कौडेना–३ स्थित लखन्देही खोलामा आएको बाढीले करिब १५० मिटर लम्बाइको पूर्व–पश्चिम हुलाकी राजमार्ग बगाएपछि कालीध्वज गणबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँगको सहकार्यमा बाँसकाे अस्थायी पुल निर्माण गरेको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरूको आवतजावत सहज भएको छ।
तस्विर: Nepal Army
