जनकपुरधाम । राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्य चयनका लागि आज देशभर मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका १८ जना सदस्यको पदावधि समाप्त भई सिट रिक्त हुँदैछ । मधेश प्रदेशका लागि जनकपुरधाम–४ स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भइरहेको छ । प्रस्तुत छ मतदान केन्द्रमा भइरहेको मतदानका केही दृष्यः
तस्विर सौजन्यः राजा झा/जनकपुरधाम