सप्तरीमा रास्वपालाई झट्का : गाविसका पूर्व अध्यक्ष जसपा नेपालमा प्रवेश

राजविराज, १७ माघ । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौ कार्यकर्ता शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालिन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनी रास्वपामा केही दिन अघि प्रवेश गरी सक्रिय थिए । सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा ख¨ सहित कार्यकर्ता तथा समर्थकहरु पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

मधेश र मधेशी जनताको हक अधिकारका लागि जनता समाजवादी पार्टी नेपाल लड्दैआएको तथा मधेशी जनताको भविष्य पनि यसमै रहेकोले आफु जसपा नेपालमा प्रवेश गरेको ख¨ले बताए । सप्तरी जिल्ला विकासको दृष्टिकोणले अझैं पछाडि रहेकोले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर आमजनताले सहयोग गर्न समेत आग्रह गरे ।

 

Author:



क्याटोगरी छान्‍नुहोस