काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।
सोमबार क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खेलाडीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गरिएको हो ।
पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् ।
त्यस्तै ‘बी’ श्रेणीमा ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा समावेश छन् । ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह रहेका छन् ।
विकासतर्फ ‘डी’ श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल समावेश भएका छन् ।
महिलातर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा छन् । कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् ।
त्यस्तै इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा ‘सी’ श्रेणीमा छन् भने विकासतर्फ ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सवित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी समावेश छन् ।
क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ । ‘ए’ श्रेणीलाई १ लाख, ‘बी’ श्रेणीलाई ७५ हजार, ‘सी’ श्रेणीलाई ५५ हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई ३५ हजार रुपैयाँ मासिक उपलब्ध गराइनेछ ।
महिलातर्फ ‘ए’ श्रेणीलाई ५५ हजार, ‘बी’ श्रेणीलाई ४० हजार, ‘सी’ श्रेणीलाई ३० हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई २५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रदान गरिने क्यानले जनाएको छ ।