अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा तीन जनालाई सात दिनको म्याद थप

राजविराज । सप्तरीमा बाख्रा चोरीको आरोप लगाउँदै एक युवकलाई जुत्ताचप्पलको माला लगाई, मुखमा कालोमोसो दलेर गाउँ घुमाएको आरोपमा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत सप्तरीले सात दिनको म्याद थप गरेको छ ।

म्याद थप हुनेमा राजविराज नगरपालिका–१३ विषहरियाका ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय रामनाथ राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरूले गत भदौ १० गते मोहिजग्गाको विषयलाई लिएर रिसइबी साँध्दै एक व्यक्तिमाथि बाख्रा चोरीको आरोप लगाएका थिए । त्यसपछि उनलाई विषहरिया गाउँस्थित पुरानो कृषि कार्यालय रहेको स्थानमा जुत्ताचप्पलको माला लगाई, मुखमा कालोमोसो दली कुटपिट गर्दै गाउँभरि घुमाएको आरोप छ ।

घटनापछि फरार रहेका तीनै जनालाई प्रहरीले असोज ९ गते राजविराज नगरपालिका–१३ विषहरियाबाट पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस