जनकपुरधाम । काेराेना विरुद्धको खाेप लगाउने अभियान अन्तर्गत आजबाट सभामुख, मन्त्रीहरू र सांसदलाई कोरोनाविरूद्धकाे खोप लगाइँदैछ ।
सिभिल अस्पताल नयाँ बानेश्वरमा आज विहान १० बजेपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
अनुदानमा भारत सरकारले १० लाख डोज काेराेना विरुद्धको खोप उपलब्ध गराएपछि सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतलाई खाेप लगाएको थियो । प्राथमिकताअनुसार सबैलाई खाेप लगाउने सरकारको तयारी छ ।