विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमकी एक २० वर्षीया युवतीको मंगलवार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएकी छन् ।
वडा नम्वर १ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । माटोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यादवसँगै माटो खन्न गएकी ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव घाईते भएकी छन् । दुवै जनाको रंगेली अस्पतालमा उपचार भईरहेको जनाएको छ ।