जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् । भट्टराईले ट्वीट गर्दै अदालतको कृपाले अलिक लाज बचेको बेला पुनः उही सत्ता प्राप्तिको खेलमा लाग्नु दुःखद रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले त्यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नरहेको दावी समेत गरे । अहिले सत्ता प्राप्तिको खेलमा लाग्नुको सट्टा समस्याका संरचनात्मक कारण खोज्ने, आफ्नो आत्मसमिक्षा गर्ने र अग्रगामी निकास दिने बेला रहेको उनले सुझाव व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलि अकिक लाज बचेको बेला पुनःउही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसादौडमा छैन है !’
देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!
— Baburam Bhattarai (@brb1954) March 11, 2021